संघीय सरकारबाट हेटौंडा उपमहानगरको लागि १ अर्ब ६ करोड अनुदान
हेटौंडा उपमहानगरपालिकाका लागि संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९–०८० का लागि कुल एक अर्ब ६ करोड ९५ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ ।
संघीय सरकारले बजेट मार्फत यो रकम छुट्याएको हो । संघीय सरकारले छुट्याएको रकम मध्यमा पहिलो चौमासिकमा २६ करोड ७३ लाख ९३ हजार रुपैयाँ उपलब्ध हुने उपमहानगरपालिकाका लेखा साखाका महेन्द्र चापागाईले जानकारी दिनुभयो ।
संघीय सरकारले समानिकरण अनुदानमा उपमहानगरपालिकालाई ३५ करोड ७६ लाख रुपैयाँ उपलब्ध गराउने चापागाईले जानकारी दिनुभयो । त्यसैगरी ससर्त अनुदानमा ६८ करोड ४७ लाख रुपैयाँ उपलब्ध गराउने छ । ससर्त अनुदान चालु तर्फ भने २ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराउने भएको उपमहानगरपालिकाले जानकराी दिएको छ ।







