दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

छहारी संवाददाता
जेष्ठ १६, २०७९

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*