सपना आचार्यको उपन्यास ‘मलिलो माटो’ माथि समिक्षात्मक अन्तरक्रिया सम्पन्न

छहारी संवाददाता
जेष्ठ १५, २०७९

सपना आचार्यको उपन्यास ‘मलिलो माटो’ माथि समिक्षात्मक अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको आयोजनामा हेटौंडामा कार्यक्रम भएको हो । बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार ह्यग्रीव आचार्य, निमेष निखिल, अनिता न्यौपानेले कृतिमाथि टिप्पणी गर्नु भएको थियो ।

ज्योति वज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासकार सपना आचार्य, रामकुमार एलन, राजकुमार लामिछाने, सुनिल दाहाल लगायतले धारणा राख्नु भयो । कार्यक्रममा १५ औं गणतन्त्र दिवसको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*