शिक्षा क्षेत्रलाई झन्डै २ खर्ब रुपैयाँको बजेट विनियोजन

छहारी संवाददाता
जेष्ठ १५, २०७९

सरकारले आउँदो आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई झन्डै २ खर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तु गदै अर्थमन्त्री जनार्दन शर्माले शिक्षाको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाको लागि झन्डै दुई खर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यसमध्ये शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ७० अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रतर्फ प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र पालिकामा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ विनियोजन भएको छ । दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यसहित आउँदो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिइने बजेटमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*