मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्ने
सरकारले मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्ने गरी निर्णय गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गदै मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने निर्णय सुनाउनु भएको हो । अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आएको थियो ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटबाट चक्रपथ बाहिर पनि मेलम्चीको खानेपानी वितरणका लागि पाइप बिछ्याउन सुरु गरिने घोषणा गर्नुभयो । यसका लागि १ अर्ब ९२ करोड बजेट छुट्याइएको छ ।
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट भरपर्दो पानी पथान्तरण गर्ने, याङ्ग्री र लार्के खोलाको पानी ल्याउन काम सुरु गर्ने घोषणा पनि गरेको छ । सिस्नेरी र ठोस्नेबाट काठमाडौंमा पानी आपूर्ति गर्ने गरी आयोजना विकास गर्ने घोषणा पनि बजेटले गरेको छ ।







