अब ६८ वर्ष उमेर पुगेकाले वृद्धभत्ता पाउने

छहारी संवाददाता
जेष्ठ १५, २०७९

अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकाले वृद्धभत्ता पाउने बताउनु भएको छ ।

अर्थमन्त्री शर्माले आइतबार संसदमा २०७९/८० को बजेट बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गर्नु भएको हो । हाल ७० वर्ष उमेर पुगेकाले वृद्धभत्ता पाउँदै आएका छन् ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सरकारले सम्मान गर्ने अर्थमन्त्री शर्माले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*