गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने
सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्नसमेत दिइने बताउनुभएको हो ।







