स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन

छहारी संवाददाता
जेष्ठ १५, २०७९

सरकारले आउँदो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको बजेटबारे जानकारी गराउनुभएको हो । कुल बजेटमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ, प्रदेशमा ६ अर्ब ३६ करोड रुपैयाँ र पालिकाका लागि २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

सरकारले सुत्केरीलाई पोषण भत्ता, ४० वर्ष नाघेका नागरिकको स्वास्थ्य परीक्षण, एक चिकित्सक एक अस्पताल लगायतका लोकप्रिय कार्यक्रम अघि सारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*