कृषि मन्त्रालयका लागि ५५ अर्ब ५७ करोड विनियोजन
अर्थमन्त्री जर्नादन शर्माले कृषि मन्त्रालयका लागि ५५ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनु भएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ५५ अर्ब ५७ करोड विनियोजन गरेको जानकारी दिनु भएको हो ।







