नदीमा डुबेर दुई जना बालककाे मृत्यु

छहारी संवाददाता
जेष्ठ १५, २०७९

कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।

धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका उनले बताए । उनीहरू मध्ये चाैधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताकाे पनि डुबेर मृत्यु भएकाे प्रहरीको भनाइ छ ।

दुवै जनाकाे शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकाे छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*