आजपनि चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना

छहारी संवाददाता
जेष्ठ १३, २०७९

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो पनि दिउँसोपछि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको थियो । महाशाखाका अनुसार प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । अब मनसुन सुरु हुने बेलासम्मकै मौसम यस्तै रहने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुनको पहिलो दोस्रो हप्तामा मनसुन भित्रन्छ ।

पोहोर मनसुनी अवधिको समय परिमार्जन गरिएको थियो । त्यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, पोहोर त्यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको थियो ।

यसपालि मनसुनमा सरदरभन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*