चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु
अर्घाखाँचीको वाङ्लामा चितुवाको आक्रमणबाट एक ७ वर्षीय बालकको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा घर भइ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङ्ला मामाघर बस्ने सम्राट नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार वाङ्लाको अमलडाँडामा रहेको भगवती आधारभूत स्कुलमा दुई कक्षामा अध्ययनरत सम्राटलाई खेलीरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।







