दैलेख बस दुर्घटनाः मृत्यु हुने चारै जनाको सनाखत
दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ ।
कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । साभारः अनलाइन खबर ।







