देशका धेरै ठाउँमा अहिले घाम लागेपनि बेलुकीपख वर्षा हुने पूर्वानुमान
देशका धेरै ठाउँमा अहिले घाम लागेपनि बेलुकीपख वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार जलवाष्पयुक्त हावाको बहावका कारण हिजो दिनभर वर्षा भएको भएपनि आज बिहानैदेखि घाम लागेको छ । यद्यपी केही स्थानमा भने अहिले पनि वर्षा भइरहेको छ । ममौसमविद्का अनुसार आज दिउँसोसम्म नै आज घाम लाग्ने सम्भावना छ ।त्यसपछि भने बादल लाग्ने र केही ठाउँमा वर्षा हुने अनुमान गरिएको छ ।
अहिले देशका धेरै ठाउँको मौसम सफा भए पनि प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली जिल्लाका पहाडी क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।







