माइक्रो बस दुर्घटना हुँदा दार्चुलामा ३ जनाको मृत्यु
एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा दार्चुलामा ३ जनाको मृत्यु भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान माइक्रो बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खसेको हो ।







