देशका केहि ठाउँमा बुधबार दिउँसो मेघगर्जन र चट्याङसहित वर्षा हुने संभावना

छहारी संवाददाता
बैशाख २८, २०७९

देशका धेरै ठाउँमा बुधबार बिहानैदेखि पारिलो घाम लागेको छ ।

यद्यपी दिउँसो भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि ३० गते मतदानको दिन पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

त्यसदिन प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा मौसम सामान्य बदली हुने तथा प्रदेश १ र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने संभावना रहेकाले सावधानी अपनाउनु महाशाखाले आग्रह गरेको छ । अन्य प्रदेशको मौसम भने त्यो दिन आंशिक बदली हुने महाशाखाको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*