मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृतमा शिवाकोटी
मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृतमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीलाई पठाइएको छ ।
यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई सहायक निर्वाचन अधिकृत तोकिएको थियो । पुडासैनीले निर्वाचन आचारसंहिता विपरित कुनै दल विशेषको प्रचार गरपछि उहाँलाई हटाएर शिवाकोटीलाई जिम्मेवारी दिइएको हो ।
पुडासैनीले नेकपा एमालेका उम्मेद्वारलाई जिताऔं भन्दै सामाजिक सञ्जालमा पोष्ट सेयर गरेपछि विवादमा पर्नु भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले पुडासैनीलाई सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाएको हो।
पुडासैनीले सामाजिक सञ्जालमा दलको प्रचार गरेका भेटिएपछी उक्त पदबाट हटाउन मकवानपुरका मुख्य निर्वाचन अधिकृत अधिकृत डिल्लीरत्न श्रेष्ठले पुडासैनीलाई कारबाही गरि जिम्मेवारीबाट हटाउन निर्देशन दिनुभएको थियो ।








