देखेकी देवी ‘आमा’

मिथिला अधिकारी
बैशाख १७, २०७९

कोखबाट निकालेर काखमा तिमि राख्दछ्यौ !
ओठमा कमलो स्पर्स प्रेमले तिमि चाख्दछ्यौ !!

उचाली मुटुमा टाँस्छ्यौ प्रिय प्राण भन्दा पनि !
चुसाउँछ्यौ दुधका धारा छातीबाट झिकी अनि !!

प्रेमका जतिछन प्याला उसैलाई पिलाउछ्यौ !
संसारको खुसी आमा उसैलाई दिलाउँछ्यौ !!

आफु भोकै बसी आमा पेट सन्तानको भरि !
देख्ता त्यो हँसिलो मुहार रमाउँछ्यौ घरि घरि !!

शिक्षाको जग हौ आमा पहिलो शब्द सिकाउने !
सुमार्गको पथमा लाग्न नेत्र ज्योति खुलाउने !!

तिमि भन्दा अरु माथि छैन कोहि कतै पनि !
देखेकी देवी हौ आमा पुजा गर्छु सधैं भरि !!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*