ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा १ जनाको मृत्यु, ७ जना घाइते
ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ ।
७ जना घाइते भएका छन् । औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहान विष्फोट भएको र अहिले उद्धारको काम चलिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको उज्यालो अनलाइनमा खबर छ ।







