हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै पार्टी कार्यालयमा गरिएको तालाबन्दी खुल्यो
हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनुपर्ने भन्दै कांग्रेस नेता कार्यकर्ताले पार्टी कार्यालयमा गरेको तालाबन्दी खुलेको छ ।
कांग्रेस हेटौंडानगरको बैठक बसिरहेको समयमा उपस्थित नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिन पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए। नगरसभापति उत्सव इटेनीले नगरको बैठक सुनाएपछि लगाइएको ताला खोलिएको थियो। तालाबन्दीका कारण बैठक सहभागि नगर कार्य समितिका पदाधिकारी र १९ वडाका सभापति आधा घण्टा थुनिए ।







