बैशाख १० गते हेटौंडा जर्नालिजम अवाड हुँदै, १३ बिधामा पुरस्कृत गरिने

छहारी संवाददाता
बैशाख ६, २०७९

न्यू मिडिया एकेडेमी प्रा.लिले ‘हेटौंडा जर्नालिजम अवार्ड २०७९’प्रदान गर्ने भएको छ ।

यही वैशाख १० गते रिगल हेटौंडा रिसोर्टमा तेस्रो र चौथो हेटौँडा जर्नालिजम अवार्ड वितरण गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । विभिन्न १३ विधामा नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिनुभयो ।

उत्कृष्ट पत्रकार वर्ष अवार्ड(महिला र पुरुष), उत्कृष्ट खेलकुद पत्रकारिता बर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड,उत्कृष्ट नवप्रवेसी पत्रकारिता बर्ष अवार्ड(महिला र पुरुष),उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, रेडियो पत्रकारीता बर्ष अवार्ड,सम्पादक बर्ष अवार्ड र उत्कृष्ट क्रियाशील पत्रकार बर्ष अवार्ड गरी १३ विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट पत्रकार वर्ष अवार्ड(महिला र पुरुष)मा नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ भने बाँकी सबै विधामा नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिने छ । अवार्ड कार्यक्रम सँगै साँस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जानकारी दिएको छ । एकेडमीले पहिलो ‘हेटौँडा जर्नालिजम अवार्ड युएईमा सम्पन्न गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*