मकवानपुरका ६ स्थानीय तहमा एकीकृत समाजवादीको दाबी

छहारी संवाददाता
बैशाख ५, २०७९

नेकपा (एकीकृत समाजवादी) मकवानपुरले मकवानपुरमा ६ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ ।

सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इञ्चार्जहरुले ६ वटा स्थानीय तहममा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी पनि गरे । पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, ईन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र मेयर पाउनु पर्ने गरी गठबन्धनमा छलफल गर्न इञ्चार्जहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।

राक्सिराङका इञ्चार्ज कृष्णबहादुर चेपाङ र मनहरीका इञ्चार्ज भूमिनन्द अर्यालले दुवै भूगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टी पंक्ति तयार रहेको बताउनु भयो ।

यस्तै, गठबन्धनले अध्यक्ष दिन तयार भएको कैलाश र ईन्द्रसरोवरमा पार्टीको स्वभाविक दाबी हुने नै भयो । कैलाश इञ्चार्ज कालु ढकाल र ईन्द्रसरोवर इञ्चार्ज कुन्साङ लामाले पनि अध्यक्षसहित केही वडाहरुमा सम्मानजनक हिसाबले गठबन्धन हुनु पर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*