करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु

छहारी संवाददाता
चैत्र २७, २०७८

करेन्ट लागेर हेटौंडामा एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर हेटौंडा १३ पदमपोखरीमा रहेको सिता मैनालीको घरमा वर्कशप संचालन गर्दै आएका ३५ बर्षका सहदेव गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान मोटरसाटईकल धुने क्रममा गोलेलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*