लागुऔषधसहित नागस्वतीका ब्लोन पक्राउ

छहारी संवाददाता
चैत्र २७, २०७८

मकवानपुर प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट हरीयाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकको कमाण्डमा खटिएको प्रहरी टोलिले हेटौंडा ७ नागस्वतीका २२ वर्षका सन्देश ब्लोनलाई पक्राउ गरेको हो ।

विषेश सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा दराज र पलङमा लुकाई राखेको लागुऔषध ट्रामा १०४० ट्याबलेट, नाईट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल फेला परेको प्रहरीले जनाएको छ । ब्लोनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*