बागमती गाउँपालिकाका भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी पूर्जा वितरण

संविधानमा लेखिएको अधिकार जनतालाई दिइएको हो: भूमि व्यवस्था मन्त्री श्रेष्ठ
छहारी संवाददाता
चैत्र २५, २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले संबिधानमा लेखिएको अधिकार जनतालाई दिने प्रतिबद्धता अन्तर्गत भुमिहिनलाई पुर्जा वितरण गरिएको बताउनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । जनताले बलिदानी दिएर ल्याएको अधिकार स्वरुप प्राप्त संविधानमा उल्लेख भएको अधिकार जनतालाई बितरण गर्न कसैले रोक्न नसक्ने बताउदै मन्त्री श्रेष्ठले ४ महिनामा २० हजार भुमिहिन जनतालाई जग्गाको लालपुर्जाधनी प्रमाणपत्र बितरण गरिएको बताउनुभयो ।

संविधान बनेर सरकार बनिसकेपछी तत्कालै हुनुपर्ने काम ३ बर्षसम्म पनि बलियो सरकारले नगरेको कारण आफुहरुले गर्नुपरेको उहाँको भनाई रहेको छ । आलिसान महलमा बस्नेलाई जग्गा नभएका जनताको पिडा थाहा नभएको कारण बर्षौदेखी भुमिहिनको समस्या यथावत रहेको बताउदै मन्त्री श्रेष्ठले अबका दिनमा कोही जनता भुमिहिन भएर बस्न नपर्ने समेत उल्लेख गर्नुभयो । ५७ बर्षदेखी भोगचलन गर्दै आएको जग्गालाई आफ्नो भन्न नपाउने भुमिहिन जनताको पिडा अब अन्त्य हुने उहाँको भनाई रहेको छ ।त्यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको रगतसंग साँटेर ल्याएको संबिधानको हक स्थापित गर्दै जनतालाई आधारभुत अधिकार सम्पन्न गर्न जोड दिइने बताउनुभयो । आमाहरुको काख रित्याएर ल्याएको हक अधिकारको कारण भुमिहिन दलित, जनजाती जनताले अब आफुले पसिना बगाउदै आएको जग्गा र घरलाई निर्धक्क रुपमा आफ्नो भन्न पाउने बताउनुभयो ।

त्यसैगरी बागमती गाँऊपालिका अध्यक्ष सर्केश घलानले पालिकामा रहेका भुमिहिनलाई भुमिमालिक बनाउने कार्यको थालनी भएको बताउनुभयो । बोलेको प्रतिबद्धता पुरा गरेरै छाड्ने कारणले उक्त कार्य गर्न सफल भएको बताउदै अध्यक्ष घलानले ३ जनाबाट सुरु भएको जग्गाधनी लालपुर्जा बितरण कार्य पालिकामा भएका सबै भुमिहिन सम्म पु¥याइने जनाउनुभयो ।

मकवानपुरमा प्रथमपटक थालनी भएको पुर्जा बितरण कार्यको लागि ३७ जनाको सबै प्रक्रिया पुगेर सुचना निकालिएको कारण छिटो नै उक्त कार्य गरिने अध्यक्ष घलानले बताउनुभयो । चुनाव जित्दा नै भुमिहिनलाई पुर्जा बितरण गर्ने कार्यलाई प्राथमिता दिने भनेर लामो समयदेखि जग्गा नापजाँच गरेर राखेपनि सरकारको अनुमति नपाउँदा वितरण गर्न असमर्थहुँदै आएको गाउँपालिकाका अध्यक्ष घलानले बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय मकवानपुर र बागमती  गाउँपालिकाले बागमती –४ का कृष्णबहादुर दर्लामी र तीर्थबहादुर विकलाई जग्गाधनी पूर्जा वितरण गरेको छ भने १ जना पुर्जा लिन अनुपस्थित भएको पालिकाले जनाएको छ । गाउँपालिका ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा रहेका छन् । पूर्जा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोग उपाधयक्ष नहेन्द्र खड्का, गाउँपालिका अध्यक्ष सर्केश घलान तथा आयोग जिल्ला अध्यक्ष विष्णु दाहाललगायत उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*