विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी व्यक्ति माओवादीमा प्रवेश

छहारी संवाददाता
चैत्र २४, २०७८

विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा बिप्लप माओवादी निकट राष्ट्रिय जनसरोकार मञ्च मकवानपुरका अध्यक्ष, उपाध्यक्ष र महासचिब सहित जिल्ला कार्यसमिती र बिप्लप माओवादी हेटौंडाको २ वडा समितिका २ सयजना नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरमा समाहित भएका हुन् ।

नेकपा माओवादी मकवानपुरको कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै माआवादी मकवानपुरकी ईन्चार्ज एबम् सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बिप्लब माओबादी, नेकपा एमाले र नेपाली काँग्रेसबाट आएकाहरुलाई नेकपा माओवादी केन्द्रमा स्वागत गर्नुभएको हो ।

नेकपा बिप्लपबाट उमेश गुनी र रामशरण कार्कीको नेतृत्वमा २ सयजना, जनता समाजवादी पार्टीबाट नवराज चौलागाईको नेतृत्वमा ५ जना नेपाली काँग्रेसबाट ७ जना र नेकपा एमालेबाट ५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिप्लब माओवादीको हेटौंडा ४ र १० नं वडा समिति माओवादी केन्द्रमा समाहित भएको हो ।

नवप्रवेसी र घर फर्केकालाई स्वागत गर्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले टुटु, फुट, गुट उपगुट सबै चलाएर हेरिएको र यस्ता क्रियाकलापले गन्तब्यमा नपुग्ने निश्कर्ष भएकोले अब सबैजना एकढिक्का भएर पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*