ट्रयाक्टरको ठक्करबाट सहनी गम्भिर घाइते
ट्रयाक्टरको ठक्करबाट एसियन पेन्टस्मा कार्यरत राजेन्द्र सहनी गम्भिर घाइते हुनुभएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रबाट एचआइडी तर्फ जाँदै गरेको ना ६ च ९८६७ नम्वरको ट्रयाक्टरले सहनी सवार ना २१ प ८२९८नम्वरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सहनीलाई उपचारकालागि चुरेहिल अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि नर्भिक अस्पताल काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक लाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको छ ।







