चौकीटोल र लालझाडी जोड्ने पक्की पुल समयमै निर्माण गर्न स्थानीय दबाब
हेटौंडा–१ स्थित चौकीटोल र लालझाडी जोड्ने पक्की पुल तोकिएको समयमै निर्माण गर्न स्थानीयले विहीबार दबाबस्वरुप ज्ञापनपत्र बुझाएका छन् ।
हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेको सक्रियतामा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद पौडेल र स्थानीयले वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
निर्माण कम्पनीले ठेक्का सम्झौता भएको नौ महिना वितिसक्दा पनि काम सुरु नगरेकोभन्दै तोकिएकै समयमा पुल निर्माण गर्ने वातावरण तयार पार्न आग्रह गरेका छन् । निर्माण कम्पनी शिवशक्ति–सिद्धार्थ–शिवम जेभीले २०८० जेठ १७ गतेभित्र पुल निर्माण सक्ने गरी गतजेठ १८ गते सम्झौता गरेको थियो ।
करिब दशकरोड रुपैयाँ लागतमा निर्माण हुन लागेको यस पक्की पुल निर्माण गर्न ठेकेदार पक्षले विभिन्न बहाना बनाउँदै पन्छिरहेको स्थानीयका गुनासो छ ।







