बाल जागृती युवा वर्ष माविका विद्यार्थीलाई स्कुल ब्याग वितरण
हेटौडा उपमहानगरपालिका वडा नं–६ गौरीटारमा रहेको बाल जागृती युवा वर्ष माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।
स्थानीय अभिभावक विदुर प्रसाद चौंलागाई,सोही विद्यालयका पुर्ब विद्यार्थी हाल राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पौडेल, युवा व्यवसायी विश्वास तिमल्सिना र राजेश खतिवडाको आर्थिक सहयोगमा ४० हजार रुपैयाँ बराबरको स्कुल ब्याग वितरण गरिएको हो । कक्षा १ देखि ५ सम्मका सय जना विद्यार्थीलाई ब्याग वितरण गरिएको हो । ६ नम्बर वडाका वडा सदस्य राजकुमार वास्तोलाको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई ब्याग हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिना, शिक्षक अभिभावक समितिका अध्यक्ष आशिष चौंलागाईँ, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।








