सामाजिक विकासमन्त्रीद्वारा मनहरीको २ नम्बर वडा कार्यालय भवन उद्घाटन

आफुलाई कुमारी मोक्तान भनेर यही ठाउले परिचित गरायोः मोक्तान
छहारी संवाददाता
चैत्र १४, २०७८

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सोमबार मनहरी गाउपालिकाको वडा नम्बर २ को नब निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

२०७६ सालमा निर्माण कार्य शुरु गरेको उक्त वडा कार्यालय भवन २०७७ चैत्र मै सम्पन्न गरी वडाको सबै सेवा नब निर्मित भवनबाट प्रदान हुँदै आईरहेको थियो । १ करोड ४० लाख बजेट बिनियोजित मा जम्मा ९१ लाखमा ठेक्का भई निर्माण कार्य सम्पन्न गर्दै गाउपालिका भरिमै सबै भन्दा पहिला निर्माण कार्य सम्पन्न गर्न सफल उक्त वडा कार्यालय भवनको उद्घाट्न भने केही समय ढिला हुन पुगेको थियो ।

स्थानिय समाजसेवी जय बहादुर घलानले २ गठा जग्गा हालको मुल्याङ्कनमा गठ्ठाको १८ लाखको हिसाबले ३६ लाख बराबरको जग्गा सिट्टैमा वडा कार्यालय भवन निर्माणको लागि दान दिनुभएको थियो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथी एबम बगमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री मोक्तानले माओवादीले भनेको गाउ गाउमा टिका भन्ने नारा आज साकार भएको छ भन्नु भयो ।

अब आफ्नो गाउको समस्या लिएर आफ्नो घरको झिटी झाम्टा बेचेर सदरमुकाम पुग्नु नपर्ने बताउनुभयो । यो ठाउको बिकासको लागि यहाँका जनताले म माथि धेरैनै आशा गरेको र आफुले सकेको सहयोग गरिरहेको बताउनुभयो । एक अर्को प्रसङ्गमा आफुलाई कुमारी मुक्तान भनेर परिचित गराउन मनहरी गाउपालिकाको निक्कै ठुलो भूमिका रहेको भन्दै आफु सदै जनताको बिचमा रहेको र सदै रहने समेट बताउनुभयो ।

चुनाव आउँदैछ चिल्ला कुरा क्षणीक बिकासका नारा लगाउन आउँदैछन जनतालाई सजक हुन आग्रह गर्नुभयो । आफुले कहिल्यै झुटो आश्वासन नदिएको र जे गर्न सक्छ त्यो मात्र गरेको भन्दै माओवादीले लिएको नाराले सार्थकता पाए पनि अब त्यसको चालक माओवादीनै हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको सभाधक्ष्यता गर्दै वडा नम्बर २ का वडा अध्यक्ष आनन्द घलानले हामीले गाउपालिकामै सबै भन्दा राम्रो काम गरेको र गाउपालिकामा माओवादीले गरेको काम देखेर बिपक्षी पार्टी तर्सिएको भन्दै स्वछ मुल्याङ्कन गर्ने हो भने वडा नम्बर २ पहिलो नम्बरमा आउने दाबी गर्नुभयो । कटाक्ष्य गर्दै भु पु मुख्य मन्त्रिले पूजा गरी जानु भो पुलको अहिले सम्म निदाई रहेको छ । तर हामीले अबको केही दिनमै हामी च्यापलको पुलमा गाडी हिदाएर डेखाईदिने दाबी गर्नुभयो । कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता तथा स्थानइेको उपस्थिती रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*