दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा बङ्ग्लादेशको ऐतिहासिक जित

छहारी संवाददाता
चैत्र १०, २०७८

घरेलु टोली दक्षिण अफ्रिकासँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला बङ्ग्लादेशले जितेको छ ।

गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै बङ्ग्लादेशले सिरिज २–१ ले जितेको हो । यो जितसँगै बङ्ग्लादेशले पहिलो पटक दक्षिण अफ्रिकामा एक दिवसीय श्रृङ्खलामा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ५५ रनको लक्ष्य बङ्ग्लादेशले २६ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । बङ्ग्लादेशको जितमा तमिम इकबालले ८७ रनको अर्धशतकीय पारी खेले । लिटोन दास ४८ रनमा आउट भए । शकिब अल हसन १८ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३७ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोडेको थियो । बङ्ग्लादेशका तास्किन अहमेदले ५ तथा शकिब अल हसनले दुई विकेट लिए । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*