नक्कली नोट कारोबारमा संलग्न दुई जना पक्राउ

छहारी संवाददाता
माघ ७, २०७८

चितवनमा नक्कली नोट कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खैरहनी नगरपालिका–३ स्थायी घर भई भरतपुर महानगरपालिका–३ बस्ने २५ ववर्षकी पवित्रा घताने र राप्ती–७ का २७ ववर्षका गगनलाल तामाङ रहेका छन् । भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् ।

१० थान एक हजार रुपैयाँका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दासम्बन्धी कसुर ९खोटा मुद्रा० मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*