देशका धेरै ठाउँमा शुक्रबार पनि हल्का वर्षा हुने
देशका धेरै ठाउँमा शुक्रबार पनि हल्का वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । महाशाखाका अनुसार दिउँसो केहीबेर घाम लागेपनि फेरि बादल लाग्ने र राति देशका एकरदुई ठाउँमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ ।
अहिले प्रदेश १ र बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण शनिबार र आइतबार पनि मौसम यस्तै रहनेछ । हल्का वर्षा र बादलका कारण देशभरको चिसो बढेर जनजिवन प्रभावित भएको छ ।







