ओमबृद्धाश्रमलाई रुम हिटर हस्तान्तरण
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकिटोलमा रहेको ओमबृद्धाश्रमलाई रुम हिटर हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले बृद्धाश्रमलाई १० वटा रुमहिटर हस्तान्तरण गरेको हो ।
उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बृद्धाश्रम ब्यावस्थापन समितिलाई रुमहिटर हस्तान्तरण गर्नुभयो । अहिलेको जाडो समयमा बृद्धबृद्धाहरुलाई धेरैनै समस्या हुने भएकाले रुमहिटर हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो ।बृद्धबृद्धाहरुलाई चिसोकै कारण रुघा, खोकी लाग्नेजस्ता समस्या भोग्दै आएका थिए ।
छोरा, छोरी र आफन्तहरुले हेरचाह नगरेकै कारण बृद्धबृद्धाहरु बृद्धाश्रममा बस्नुपरेकाले उनीहरुका लागि स्थानीय सरकारले बिभीन्न सहयोग गर्दै आएको मेयर महतले बताउनुभयो । हेटौंडामा रहेका बिभीन्न बृद्धाश्रम, मानब सेवा आश्रमलाई उपमहानगरपालिका सहयोगी बन्दै आएको छ ।







