मकवानपुर प्रहरीदवारा जिल्लाका विभिन्न स्थानबाट बरामद भएको लागूऔषध गाँजा बुधबार जलाएर नष्ट

छहारी संवाददाता
माघ ६, २०७८

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा बरामद र नियन्त्रणमा लिएको लागूऔषध गाँजा बुधबार जलाएर नष्ट गरेको छ ।

प्रहरीले विभिन्न समयमा बरामद गरेको ३ सय २८ किलो लागूऔषध गाजा पत्रकार सहिताको रोहबरमा हेटौँडा १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको हो।

प्रहरीले केही दिन अघि तेल तरकारीको क्रेट,तरकारी बोकेको अटो र बेवारिस अवस्थामा बरामद गरेको ३ सय २८ किलोग्राम लागूऔषध गाजालाई जलाएर नष्ट गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*