हेटौंडा लेडी जेसिज वर्ष२०२२ को कार्यसमितिको पदस्थापन
हेटौंडा लेडी पदस्थापन
हेटौंडा लेडी जेसिज वर्ष २०२२ को कार्यसमिति पदस्थापन भएको छ ।
वर्ष २०२१ की अध्यक्ष प्रतिमा श्रेष्ठले वर्ष २०२२ मा निर्वाचित कविता पौडेललाई पदस्थापन गर्नुभएको थियो । पौष १६ गते सम्पन्न साधारणसभाबाट कविता पौडेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको थियो । जेसिज वर्ष २०२१ अध्यक्ष प्रतिमा श्रेष्ठले आफ्नो नेतृत्वकालमा सहयोग गर्ने पदाधिकारी लगायत विभिन्न संघ संस्थालाई सम्मान गर्नुभएको थियो । लेडीलाई सहयोग पुराउने हेल्प डेस्क नेपालका संयोजक रामकृष्ण सिवाकोटी, मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान, मकवानपुर कम्यूनिटी अष्ट्रेलिया, नेपाल स्काउट उपमहानगर कमिटी, मकवानपुर कुखुरा व्यवसायी लगायतका संघसंस्थालाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै वर्ष २०२१ की अध्यक्ष प्रतिमा श्रेष्ठले निकै चुनौतीपूर्ण अवस्थामा पदभार सम्हाल्दा देशभरीका शाखामध्य उत्कृष्ट शाखा अध्यक्ष बन्न सक्नु गर्वको कुरा भएको बताउनुभयो । एक वर्षे कार्यकालले आफूमा नेतृत्व क्षमता वृद्धि भएको र धेरै कुरा सिक्ने अवसार प्राप्त गरेको बताउनुभयो । थोरै समयमा सबैलाई समेट्ने गरी कार्य गर्न सक्नुनै आफ्नो उपलब्धि रहेको श्रेष्ठको तर्क थियो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा तथा नेपाल जेसिज वर्ष २०२१ जेसिआई सिनेटर अरुणेश्वर खनाल र क्षेत्र ख का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सेनाको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जेसीआइ हेटौंडा शाखाका पुर्व अध्यक्ष र प्रतिनिधिहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।







