सवारी दुर्घटनामा परि एक जनाको मृत्यु, एक गम्भीर घाइते

छहारी संवाददाता
३० पुष २०७८, शुक्रबार १०:५८

दाङमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

दाङमा रोकिराखेको ट्रयाक्टरसँग अटो ठोक्किँदा दङ्गीशरण गाउँपालिका ४ का ५० वर्षका दीपक बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोका चालक गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार तुलसीपुरबाट हेकुली जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो त्यही दिशातर्फ रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते अटो चालक दङ्गीशरण ३ हेकुलीका २७ वर्षका मनिष चौधरीको तुलसीपुरमा उपचार भइरहेको छ । ट्र्याक्टर चालक फरार रहेका प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*