देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ

छहारी संवाददाता
२९ पुष २०७८, बिहीबार ०९:४३

सरकारले कोरोना संक्रमण जोखिम बढेको भन्दै देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

बुधबार गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।

सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ । कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*