प्रधानमन्त्री कप टी–२० क्रिकेटमा बिहिबार चार खेल हुँदै

छहारी संवाददाता
२९ पुष २०७८, बिहीबार ०९:३६

प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज चार खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेलमा दिउँसो एक बजे प्रदेश-२ र लुम्बिनी भिड्दैछन् । मूलपानीमा मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश-१ तथा दोस्रो खेलमा एपीएफ र दिउँसो एक बजे गण्डकी प्रदेश खेल्नेछन् ।

प्रतियोगितामा सहभागी भएका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ तथा समूह ‘बी’ मा एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*