बागमतीसहित ५ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
बुधबार बागमती प्रदेशसहित ५ प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती प्रदेशसहित प्रदेश १, २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । महाशाखाले दिएको जानकारी अनुसार बागमती, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना छ ।
बिहिबार बेलुकादेखि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकरदुई ठाउँमा हल्का हिमपात हुने सम्भावना भने भने तराईमा हुस्सु कुहिरो लागेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।







