एमालको पुस २३ र २४ गते मकवानपुरमा हुने जिल्ला अधिवेशनको तयारी पुरा

छहारी संवाददाता
२२ पुष २०७८, बिहीबार १९:०२

नेकपा एमालको भोलि पुस २३ र २४ गते मकवानपुरमा हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशनका लागि सबैजसो काम गरिएको एमालेले जनाएको छ । अधिवेशनबाट सर्बसहमतीबाट नेतृत्व, पदाधिकारी र सदस्यहरु चयन गरिने नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज रामेश्वर रानाले बताए ।

रानाले जिल्ला अधिवेशन पछि एमाले गाउँगाउँ गएर पार्टीका गतिविधिलाई तिब्रता दिने बताए । उनले अहिलेको सत्ता गठबनधन सरकार विकास निर्माणको कामलाई अघि बढाउन नसकेको टिप्पणी गर्दै नेपाली जनताको समृद्ध नेपाल,सुखि नेपालीको चाहाना एमालेले मात्र पुरा गर्न सक्ने बताए । आज हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यलय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरको प्रचार विभागका नविन सिग्देलले भोलि र पर्सी हुने अधिवेशनको जानकारी दिए ।

उनले अधिवेशनको लागि जिल्लाभरबाट जिल्ला कार्यसमिति, प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेको बताए । उनले अधिवेशनको लागि १० उपसमितिहरु निर्माण गरेर काम भईरहेको र भोलि बिहान सम्म सम्पूर्ण तयारी पुरा हुने बताए ।

उनले एमाले अध्यक्ष केपी ओलीबीट पार्टीको ७७ वटै जिल्ला अधिवेशनलाई भोलि मध्यान्न १२ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । उनले अधिवेशनले अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्माण गर्ने बताए । उनले सर्वसम्मतको तयारी भईरहेको र सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट अधिवेशन सम्पन्न हुने बताए ।

उनले आउँदो दिनमा स्थानीय,प्रेदश र केन्द्रको निर्वाचन केन्द्रीत रहेर पार्टीको कामलाई अघि त्रढाउने समेत बताए । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्यहरु,प्रदेश सदस्यहरु र जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*