प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

छहारी संवाददाता
२२ पुष २०७८, बिहीबार १७:२५

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

आउँदो सोमवार र मङ्गलवार गुजरातको गान्धीनगरमा हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोरोनाको बढ्दो सङ्क्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*