चिसोले कठ्यांग्रिएर सिरहामा एक जनाको मृत्यु

छहारी संवाददाता
पुस २२, २०७८

तराइका जिल्लाहरुमा बाक्लो हुस्सु र सीतलहरका कारण जनजिवन नराम्ररी प्रभावित भएको छ ।

अत्यधिक चिसोले कठ्यांग्रिएर सिरहामा गएराती एक जनाको मृत्यु भएको स्थानिय प्रशासनले जानकारी दिएको छ । चिसोले कठ्यांग्रिएर कल्याणपुर नगरपालिका–१ की ६५ ववर्षकी पल्टी सदाको मृत्यु भएको हो ।

कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजान तयारी गर्दैगर्दा मृत्यु भएको हो। यसअघि चिसोले कठ्याँग्रिएर धनुषा र सप्तरीमा एक र एक जनाको मृत्यु भएको थियो । तराईमा चिसोका कारण निमोनिया, कोल्डडायरिया, दम, रुघाखोकी र श्वास–प्रस्वासका बिरामी बढ्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*