अखिल क्रान्तिकारी बिबिएसको अध्यक्षमा मिजार

छहारी संवाददाता
२१ पुष २०७८, बुधबार १८:३०

अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस बिबिएसको सम्मेलनले प्रकाश मिजार अध्यक्षमा चयन गरेको छ ।

बुधबार भएको मकवानपुर बहुमुखी क्याम्पस बिबिएस प्रथम सम्मेलनले मिजारको अध्यक्षतामा २१ सदस्य कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा दिबस देबकोटा र पासाङ लामा, सचिबमा युनिका पिठाकोटे, कोषाध्यक्षमा रमेश गोले, सहसचिबमा रामशरण बिक, कञ्चन थिङ, पुजा थापा, प्रकृती पुडासैनी, बिशाल बुढाथोकी रहनुभएको छ ।

शोस्तिका नेगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष श्रबण कुमार बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*