अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ ट्रयाक्टर प्रहरीको नियन्त्रणमा
मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले गस्तीका क्रममा हेटौंडा स्थित राप्ती खोलाबाट ना ७ त २९७०, ना ६ त ४०४१ र २ वटा अनटेष्ट ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरी निरिक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो । ट्रयाक्टर नियन्त्रण पश्चात आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति मकवानपुर पठाइएको छ ।







