चिसोका कारण तराइको जनजिवन प्रभावित, कठ्याँग्रिएर दुई जनाको मृत्यु,
केही दिन अघिको हिमपातका कारण देशभर चिसो बढेको छ ।
तराइका जिल्लाहरुमा बाक्लो हुस्सु र सीतलहरकाले जनजिवन नराम्ररी प्रभावित भएको छ । चिसोका कारण तराइमा दुई जनाको मृत्यु समेत भइसकेको छ । चिसोले कठ्याँग्रिएर धनुषा र सप्तरीमा एकरएक जनाको मृत्यु भएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा ६० वर्वाकी समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ मा ६५ वर्षका देवनारायण ठाकुरको कठ्याँग्रिएर मृत्यु भएको हो । चिसोले जनजीवन प्रभावित भएपछि धनुषाका चार गाउँपालिकाले विद्यालयमा बिदा दिएका छन् ।







