सुनको मुल्य आज तोलामा ९ सय रुपैयाँले घट्यो
नेपाली बजारमा सुनको मुल्य आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।
सुन आज तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको पनि मुल्य घटेको छ ।तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







