ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

छहारी संवाददाता
पुस २०, २०७८

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । लु ४ त २४०२ नम्बरको ट्रयाक्टर मंगलबार बिहान बुद्धभूमि नगरपालिका–३ रनगाईमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा शिवकुमारी थारु र फूलकुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*