बकैयामा आउँदो माघ ७ र ८ गते पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

छहारी संवाददाता
२० पुष २०७८, मंगलवार १२:३०

मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

आउँदो माघको ७ र ८ गते गाउँपालिको वडा नंबर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले क्लबको सातौं वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाईने बताउनुभयो ।

उहाँले जिल्ला स्तरीय भलिबल खेलाडी उत्पादनको लागि वर्षेनी प्रतियोगिता गर्ने गरेको बताउनुभयो । अध्यक्ष तिमल्सिनाले प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट हुने समेत बताउनुभयो ।

उहाँले प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ र प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्ने र प्रतियोगितामा सहभागि टिमलाई दर्ता शुल्क १ हजार ५ सय लाग्ने आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*