माओवादी केन्द्रको अध्यक्षमा पुनः प्रचण्ड निर्वाचित

छहारी संवाददाता
पुस १९, २०७८

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको छ । आज साेमवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

प्रचण्डलाई अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि देश र पार्टीको आवश्यकता र केही बाध्यताका कारण अध्यक्ष बन्नुपरेको बताउनुभयो ।

‘अब नेतृत्व छाडेर भिन्न भूमिकामा जानुपर्ने बेला आएको जस्तो लाग्छ, तर देश र पार्टी रूपान्तरणको आवश्यकतालाई हर्दा केही समय दुःख गर्नुपर्छ, सक्रिय हुनुपर्छ भन्ने बाध्यता रहेको महसुस हुन्छ’, उहाँले भन्नुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*